काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य हाललाई यथावत् राख्ने निर्णय गरेको छ । चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोल र डिजेलको मूल्य नबढाई साविककै मूल्य कायम गरेको हो ।
इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीबमोजिम पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने अवस्था देखिए पनि निगम सञ्चालक समितिको निर्णयअनुसार हाललाई मूल्य यथावत् राखिएको हो ।
मूल्य नबढाउने निर्णयका कारण निगमलाई पाक्षिक रूपमा (१५ दिनमा) १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।
निगमले डिपो तथा कार्यालयबाट १५ किलोमिटर परिधिभित्र लागू हुने गरी विभिन्न वर्गमा पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य निर्धारण गर्दै आएको छ ।


