काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको हो ।
कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले जानकारी दिए ।
सूचना प्रविधि विज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा रहेको कार्यदल सदस्यमा विज्ञ बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम रहनुभएको छ । कार्यदल सदस्यमा नेपाल प्रहरी र नेपाली सेनाका विज्ञ पनि सदस्य रहनुभएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन् ।
मन्त्रालयमा एक कार्यक्रम गरी आज कार्यदललाई जिम्मेवारी प्रदान गरिएको छ । कार्यदललाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पछिल्लो समय लगातार साइबर सुरक्षामाथि खतरा उत्पन्न हुन थालेपछि मन्त्रालय कानून र नीति निर्माणमा जुटेको उल्लेख गरे । उनले त्यसको तयारीका लागि कार्यदललाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको बताए ।
निर्माणमा भएको सबै प्रविधिको नेपालमा प्रयोग गरिए पनि यसको उचित प्रयोग, व्यवस्थापन र नियमनमा नीति नबनाउँदा समस्या आएकाले साइबर सुरक्षा अहिले राज्यको प्राथमिकतामा रहेको मन्त्री शर्माले बताए ।
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ktkgkgkg
काठमाडौं । नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपतिको कार्यालय,…
काठमाडौं । मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । आज बिहान उनी…
काठमाडौं । सरकारले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि आवासीय राजदूत नियुक्त गरेका छन् । उनले आइतबार…
Monday, December 23
ताजा :
- ५ देशका नवनियुक्त राजदूतहरूले लिए शपथ
- मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन
- यी हुन् मन्त्रीपरिषद् बैठकका १९ निर्णय
- डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त
- रवि लामिछानेको सांसद पद स्वत: निलम्बन
- महासंघमा निर्वाचित पदाधिकारीलाई मञ्चकाे सम्मान
- त्रिविको नियुक्तिहरुमा मेरो कुनै हस्तक्षेप हुँदैनः प्रधानमन्त्री
- नेप्सेको ओरालो यात्रा जारी
- हङकङबाट काठमाडौं आएको जहाजभित्र बेहोस भएका यात्रुको मृत्यु
- लमजुङमा आठ हजार ६ सय ४० मेट्रिक टन कोदो उत्पादन
साइबर सुरक्षाको नीति बनाइँदै, उच्चस्तरीय कार्यदल गठन
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित