काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय तहकै कर्मचारी कर्मचारी प्रमुख प्रशासकीय अधिकृत बनाउनुपर्ने माग गरेको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ८ बुँदे मागसहितको ज्ञापन पत्र बुझाउँदै महासंघले यस्तो माग गरेको हो ।
महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेको नेतृत्वमा गएको टोलीले मन्त्री मोदीलाई बुझाएको माग पत्रको ७ नम्बर बुँदामा भनिएको छ ‘संविधानको भावना अनुकूल स्थानीय सरकारको स्वायत्तता तथा प्रभावकारी सञ्चालन र व्यवस्थापनका लागि प्रमुख प्रशासकीय अधिकृत स्थानीय सरकारको आफ्नै कर्मचारी हुनुपर्दछ भन्ने हाम्रो स्पष्ट मान्यता रहेको छ।’
यस्तै संघमा श्रेणी र स्थानीय तथा प्रदेशमा तहगत प्रणाली लागू भएको भन्दै महासंघले तहगत सरकारहरुमा श्रेणी र तह दुई प्रकारका प्रणालीको सट्टा सबै संघीय एकाइहरुबीच एकरुपता कायम गर्न तीनवटै तहको सेवामा तहगत प्रणाली लागू गर्न माग गरेको छ ।

