काठमाडौँ । कोशी प्रदेश नाम खारेजी विरुद्धको आन्दोलनमा घाइते भएका पदम लिम्बू (लागेहाङ)को मृत्यु भएको छ । प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते भएका धरान-१५ का लिम्बूको आज(शुक्रबार) बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
टाउकोमा चोट लागेर घाइते भएका उनलाई हिजो राति अचानक बेहोस भएपछि बिपी प्रतिष्ठानको आइसियुमा भर्ना गरिएको थियो ।गम्भीर अवस्थामा अस्पताल पुर्याइएको उनको उपचारका क्रममा बिहान २ : ३० बजे नै मृत्यु भएको हो । यसैबीच प्रदेश नं १ को पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले लिम्बूलाई सहिद घोषणा गर्न माग गरेको छ ।