काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न मिटरब्याज पीडितहरु बालुवाटार पुगेका छन्। त्यसका लागि उनीहरु अहिले बालुवाटारको भाटभटेनी पुगेका छन्। प्रहरीले त्यहाँबाट अघि बढ्न नदिएपछि उनीहरु सडकमा धर्नामा बसेका छन्। गएराति खुलामञ्चमा बस्न नपाएर उनीहरु सडक पेटीमा बसेका थिए।
महोत्तरीको बर्दिबासबाट चैत २ गते हिडेका उनीहरु ११ दिनको पैदल यात्राबाट काठमाडौं आएका हुन्। हिजो खुलामञ्चमा मिटरब्याज पीडितहरूलाई पस्न नदिन महानगरले नगरप्रहरी तैनाथ गरेको थियो। पछि नेपाल प्रहरी पनि थप गरियो। अपराह्न साढे ४ बजे खुलामञ्च पुगेका पीडित त्यहाँभित्र पस्न पाएनन्। त्यहाँ उनीहरूले केही बेर नाराबाजी गरेका थिए। त्यसपछि उनीहरुले सडक पेटीमै रात बिताए।
साहुबाट मिटरब्याजमा पैसा लिएका उनीहरुले चर्को ब्याजका कारण आफहरुको सम्पत्ति साहुले बेचबिखन गरिसकेको र ऋण र धितो दुवैमा पैसा गुमाउनु परे गुनासो छ।