काठमाडौं । काठमाडौंमा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेका छन् ।
फेसबुकमा बालेनसँगको भेटको तस्वीर शेयर गर्दै साम्पाङले आफूहरूको पहिलो भेट भएको उल्लेख गरेका छन् । उनले भेटमा रमाइलो कुराकानी भएको पनि जानकारी दिएका छन् ।
‘आज बालेन शाहज्यूसँग पहिलो भेट भयो ! रमाइलो भयो कुराकानी,’ साम्पाङले फेसबुकमा लेखेका छन् । भेटका क्रममा हर्कले बालेनलाई चिनोको रूपमा सिलामसाक्मा दिएका थिए ।