काठमाडौं । ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट वरपरका घर भासिएका छन्। निर्माणधीन अपार्टमेन्टका कारण ति घर भत्किएका र भासिएका स्थानीयले दाबी गरेका छन्।
शनिबार राती २ बजेतिर एकाएक घर भत्किँदा सर्वसाधारण त्रसित भएका थिए। ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार २ वटा घर पूर्ण रूपमा भत्किएका छन्। २ घरको तला भासिएका छन्। अन्य ६ ७ वटा घर बढी जोखिममा छन्।घटनापछि नेपाल प्रहरी र एपिएफको टोली उक्त क्षेत्रमा सुरक्षा दिइरहेका छन्।