काठमाडौं । सगरमाथा आरोहणका क्रममा ३ जना हिमपहिरोमा परेका छन्। बुधबार बिहान हिमपहिरोमा परेर ३ जना बेपत्ता भएको पर्यटन विभागले जनाएको हो।
बेपत्ताको खोजी र उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास भइरहेको छ। बेपत्ताहरुमा डा छिरि शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा रहेका छन्। सगरमाथा बेस क्याम्प र क्याम्प १ को बीचमा पर्ने ड्याम क्षेत्रमा हिमपहिरो गएको विभागले जनाएको छ।