एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर भएका छन् । उनलाई न्युयोर्कको एक अदालतले यौन दुर्व्यवहारमा दोषी ठह¥याउँदै पीडितलाई क्षतिपूर्ति बापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ ।
एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै उनले ट्रम्पमाथि आफ्नो मानहानी गरेको आरोप समेत लगाएकी थिइन् ।
यो मुद्दामा पूर्व राष्ट्रपति ट्रम्पलाई अदालतले दोषी ठहर्याएको बीबीसीले जनाएको छ । तर अदालतले जीन केरलले लगाएको बलात्कार आरोपमा भने ट्रम्पलाई दोषी ठह¥याएको छैन । ट्रम्पले अदालतको फैसलामा असन्तुष्टि जनाएका छन् ।