काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषण फेरि बढ्न थालेको छ । पानी नपर्दा र डढेलोको घटना बढेकाले प्रदूषण पनि बढेको हो । यस्तै, गाडीबाट निस्किएको धुवाँका कारण पनि वातावरण प्रदूषित भएको छ ।
हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआईका अनुसार अहिले ललितपुर पाटनको एक्यूआई १७६, काठमाण्डौ कीर्तिपुरको १६३, रत्नपार्कको १६३, नारायणीको १७१ र धनकुटाको १५५ रहेको छ ।
एक्यूआई शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई हानिकारक मानिन्छ । पाटन, कीर्तिपुर, रत्नपार्क, नारायणी र धनकुटाको एक्यूआई एक सय ५० भन्दा माथि छ ।
स्वास्थ्यलाई नै हानि गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कँदा मास्क लगाउन स्वास्थ्यविज्ञहरुको सुझाव छ ।