काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरू दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
शुक्रबार न्यायाधीश डा.कुमार चुडालको इजलासले सो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतम दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश गरेको हो
तर सर्वोच्चले उनीहरूलाई थुनामुक्त गर्न भने आदेश दिएन । उनीहरूले हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित बन्दीप्रत्यक्षीरकणको रिट दायर गरेका थिए । जिल्ला अदालतले उनीहरूलाई सात दिन प्रहरी हिरासतमा राख्न बिहीबार अनुमति दिएको थियो ।