काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताएका छन् । बिहीबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेम्वाङ सफल राजनेताको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त भएको बताएका हुन् ।
नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने ओलीको भनाइ छ । उनले नेम्वाङले दलीय स्वार्थभन्दा माथि उठेर संसद चलाएको र संसदको गरिमा बढाएको उनको भनाइ छ । नेम्वाङ संविधान र कानुन उल्लंघन गर्नु नहुने मान्यतामा रहेको उनले बताए ।