काठमाडौं । ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरको मूर्तीकलाले एक लाख पुरस्कार पाएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१ मा राखिएका चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृतिमध्ये सर्वाेत्कृष्ट ठहरिएको ‘२१ तारा’ले रु एक लाख पुरस्कार पायो । उक्त पुरस्कारलाई उनले बीस वर्षको मेहनतको उपलब्धि भएको प्रतिक्रिया दिए ।
प्रदर्शनीमा परम्परागत, आधुनिक, धर्म, संस्कृति, इतिहास, दैनिक जनजीवनसँग सम्बन्धित विभिन्न दृश्य चित्र राखिएका छन् । त्यसमध्ये उनको सिर्जना परम्परागत काष्ठमूर्तिकला ‘२१ तारा’ हो । त्यसमा नियमबद्ध र परम्परागत बुट्टाले कलालाई थप आकर्षक बनाएको छ ।