काठमाडौं । राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र पाएको छ ।
मंगलबार निर्वाचन आयोगले उक्त दललाई दर्ता प्रमाणपत्र दिएको हो । यो दलको चुनाव चिह्न ग्यास सिलिण्डर तोकिए आयोगले जनाएको छ ।पछिल्लो पटक राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै महतोले अभियान चलाएका थिए । सोही अभियानलाई राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि उनले आयोगमा निवेदन दिएका थिए ।