काठमाडौं । साताकाे तेस्राे काराेबारकाे दिन आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ दशलमव ०८ अंकले घटेर २,७१५ को विन्दुमा कायम भएको छ । आज ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने भने १६२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालय उर्जा विकास कम्पनीको २५ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ८ लदशमलव ३० प्रतिशतका दरले कमाएका छन्। मध्य भोटेकोशीका लगानीकर्ताले ८ दशलमव २५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । यसदिन ११ वटा उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको ०.५७ प्रतिशत, विकास बैंक समूहको २.६० प्रतिशत, फाइनान्स समूहको १.७० प्रतिशत, होटल तथा पर्यटन समूहको १.७९ प्रतिशतले शेयर मूल्य घटेको छ ।