काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । उक्त दिन बजार २९.८७ अंकले बढेर २२२७.९१ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा कारोबार भएको ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा बढोत्तरी आउँदा १० उपसूचक हरियाली भएको छ । उक्त दिन सबैभन्दा बढी नेपाल पुर्नबीमा कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ६४ लाख ३५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी होल्डिङको २७ करोड ४३ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चरको २६ करोड ४७ लाख ५८ हजार रुपैंया, रिलायन्स फाइनान्सको २४ करोड २६ लाख ६३ हजार रुपैयाँ, युनाइटेड इदी मार्दी हाइड्रोपावरको १७ करोड ३८ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।