काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार सेयर बजारमा सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ अंकले बढेर २७५५.४० बिन्दुमा पुगेको छ । आज ९२ कम्पनीको मूल्य बढ्दा १४७ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।
आइतबार ३२८ कम्पनीको २ करोड १२ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ९५ करोड रुपैयाँको कारोबार भएको छ ।
साथै, सिटिजन लाइफको ६१ करोड, नेपाल रिइन्स्योरेन्सको ६० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४० करोड र सिइडीबी होल्डीङको ३६ करोड रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ ०.०३, लगानी १.३३, जीवन बिमा ०.८६, उत्पादन तथा प्रशोधन २.७८, म्युचुअल फण्ड ०.०२, निर्जीवन बिमा ०.१३ र अन्य समूह ३.७२ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
विकास बैंक ०.४८, वित्त ०.४५, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.५६, लघुवित्त ०.६६ र व्यापार समूह १.३२ प्रतिशतले घटेको हो । गार्डियन माइक्रो लाइफइस्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिलायन्स फाइनान्स लिमिटेडको सेयर मूल्य ७.२४ प्रतिशतले घटेको छ ।