काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले बढेर २७६५.८८ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड ७८ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन ७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ । यसदिन अन्य समूहको २.९० प्रतिशतले बढेको हो भने व्यापार समूहको २.५१ प्रतिशतले शेयर मूल्य घटेको छ ।
मंगलबार १०४ कम्पनीको मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ ।