काठमाडौं । बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । नपाएको ओहोदा पाए भनी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २४ गते विशेषमा रिट दायर गरेको थियो ।
न्यायाधीशहरु तेज नारायण सिंह राई, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाइ दिने फैसला गरेको हाे। कीर्ते तथा नागरिकता अपचालन मुद्दामा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।