काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ।
बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएपछि हेर्न स्थानीयको भिड लागेको छ । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेको भए पनि आगो नियन्त्रण हुन सकेको छैन ।
बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको एक स्थानीयले जानकारी दिएका छन् । करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो ।
धेरै स्थानीयले जलमग्न ठाउँ भएको कारण जमिन मुनि तेल भएको आकलन गरिरहेको भए पनि यकिन कारण पत्ता लाग्न सकेको छैन । हाल ललितपुर प्रहरी परिसरका टोली उक्त स्थानमा पुगेको प्रहरीले जनाएको छ ।