काठमाडौं । राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयकहरूलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार प्रमाणित गरेका छन् ।
अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकलाई प्रमाणीकरणका लागि मंगलबार राष्ट्रपतिकहाँ पठाइनेछ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०, विद्युतीय व्यापार विधेयक २०८०, विधायन सम्बन्धी विधेयक २०८०, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ प्रमाणित गरिएका छन् ।
संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेश गर्नुपर्दछ ।
राष्ट्रपतिले विधेयक प्रमाणिकरण गरिसकेपछि ऐनका रूपमा लागू हुन्छ ।