काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ५ जनाको नाम सर्टलिस्टमा परेको छ ।
नेप्सेको सीईओका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनाको नाम आइतबार सार्वजनिक गरेको हो ।
सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले चुडामणी चापागाई, नारद कुमार लईंटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छनोट गरी सर्ट लिस्टमा पारेको हो ।
सर्ट लिस्टमा परेका आवेदकहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि चैत ६ गते बिहान ७ बजे अर्थ मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभवको आधारमा ५ जनालाई सर्ट लिस्टमा छनोट गरी अन्तरवार्ताका बोलाइएकोे सिफारिस समितिले जनाएको छ ।
व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ ।
नेप्सेको सीईओ बन्न १० जनाले आवेदन दिएका थिए । सर्टलिष्ट परेका ५ जनासहित युवराज दाहाल, प्रविण अधिकारी, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की र मुकन्दराज जोशीले पनि आवेदन दिएका थिए ।
सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनाएको थियो । समितिमा मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल सदस्य छन् ।
कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्से सीईओविहीन छ । कामु सीईओको जिम्मेवारी प्रवन्धक निरञ्जन फुयाँलले सम्हाल्दै आएका छन् ।