काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा झरेको छ । आज ८५ कम्पनीको सेयर मूल्य घट्दा १४५ कम्पनीको सेयर मूल्य बढेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३३१ कम्पनीको ९९ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ४३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३० करोड, महालक्ष्मी विकास बैंकको २२ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २० करोड र सीइडीबी होल्डीङको १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।