काठमाडौं । बुधबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से सूचक १४.८८ अंकले घटेर २६८२.१५ को बिन्दुमा पुगेको छ।
आज कारोबारमा आएका ३११ कम्पनीका ९५ लाख ८३ हजार ८ सय २९ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६ सय ४३ रुपैयाँ ३६ पैसाको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।
आज कारोबारमा आएका मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक २९ करोड ६७ लाखको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको २३ करोड ४६ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये मिथिला लघुवित्तको शेयर मूल्य सर्वाधिक ३.९३ प्रतिशत बढेको छ भने गरिमा समृद्धि योजनाको इकाई मूल्य ७.६९ प्रतिशत बढेको छ। त्यस्तै भूगोल इनर्जीको शेयर मूल्य ७.३५ प्रतिशत तथा ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य ७ प्रतिशत बढेको छ ।
आज कारोबारमा आएका मध्ये सामुदायिक लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.२० प्रतिशत घटेको छ भने हिमालयन पार पार्टनरको शेयर मूल्य ४.५२ प्रतिशत घटेको छ।
आज कारोबारमा आएका समूहगत सूचक मध्ये होटेल, म्युचुअल फण्ड र ट्रेडिङ समूह मात्र बढेका छन् । जस मध्ये ट्रेडिङ समूह सर्वाधिक ०.६० प्रतिशत बढेको छ।
बाँकि सबै समूहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समूह सर्वाधिक १.५३ प्रतिशत घटेको छ।