काठमाडौं । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जनकमान्डर तोकेको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै समितिले जनकमान्डरमा प्रसाईंलाई तोक्ने निर्णय सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै संयोजक सुवेदीले डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको जानकारी पनि दिए। २०४७ सालको संविधानमा टेकेर नयाँ समझदारी गर्न उनले दलहरुलाई अपिल गरेका छन्। प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुनेमा प्रदर्शन हुँदैछ।