काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि हावाहुरी सहितको बर्षा भइरहेको छ । वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा घटिरहेको छ । बुधबार सम्म विश्वकै सबैभन्दा बढि प्रदूषित सहरको रुपमा रहेको काठमाडौँको प्रदूषण आज धेरै मात्रामा घटेको छ ।
बिहान साढे ८ बजेको रिर्पोट अनुसार काठमाडौँको एयर क्वालिटि एक्यूआई १ सय १२ रहेको छ । जुन स्वास्थ्यका लागि भने हानिकार नै मानिन्छ । यस अघि बुधबार सम्म काठमाडौँको एक्यूआई २ सय भन्दा माथि थियो । आज सबैभन्दा प्रदूषित सहरको सूचीमा पाकिस्तानको लहोर सिटी रहेको छ भने दोस्रो नम्बरमा भारतको नयाँ दिल्ली सहर रहेको छ । नेपाल यो सूचीमा आज १३औँ स्थानमा पुगेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुनसक्ने छ ।
shivam cement
महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।