काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आज एक घण्टा लामो भेटवार्ता भएको एमाले नेता डा. राजन भट्टराईले जानकारी दिए ।
उनका अनुसार दुई नेताबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने समझदारी भएको छ । पछिल्लो समय विपक्षी दलका नेता पुष्पकमल दाहालले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ ।