काठमाडौं । बुधबार तोलाको २७ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३६ सय रुपैयाँ बढेको छ। दुई दिनमा नौ हजार रुपैयाँ बढेको सुन आज अहिलेसम्मकै सबैभन्दा महँगो बनेको छ।
सुनको मूल्य आज प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य तोलाको एक लाख ८७ हजार रुपैयाँ थियो।
यसअघिका तीन दिनमा सुन तोलामा १० हजार ६ सय रुपैयाँ बढेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ताेलामा पाँच रुपैयाँले बढेर एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीकाे मूल्य एक हजार ९ सय ५५ रुपैयाँ थियाे।