काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।
यो मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो (बिहीबार) सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।