काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको भाउ तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको हो ।
यससँगै सुन तोलामा १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो पनि चाँदी प्रतितोला १९ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।