काठमाडौं । यहि वैशाख १२ गते लमजुङ सुन्दरबजार नगरपालिका वडा नं. ७ पाउँदी स्थित किराना तथा खाजा पसलमा कोहि नभएको मौका छोपी काउन्टरबाट नगद रकम चोरी गरी फरार युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा सिरानचोक गाउँपालिका ८ घर भई पाउँदी एरिया बस्ने बर्ष २५ को बिशाल उपरकोटी रहेका छन् । उनलाई राईनास–३, टिम्मुरेको बासघारीबाट पक्राउ गरिएको हो ।
उनले सो नजिकै माटोले पुरेको अवस्थामा नगद रु. ६१,५४५ (एकसठ्ठी हजार पाँच सय पैतालिस) रुपैयाँको कालो झोला समेत राखेका फेला परेको छ । निजलाई चोरी सम्बन्धि कसुरमा सम्मानित लमजुङ जिल्ला अदालतबाट आज ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।