काठमाडौं । नेप्से परिसूचकमा ५.६१ अंकले घटेर २६२६.३६ बिन्दुमा आएको छ । आज ९ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।यस दिन ३ सय १४ कम्पनीको २ करोड ४६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
५८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र सानिमा माई हाइड्रोपावर परेका छन् ।