काठमाडौं । सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरेका छन् ।
आइतबार बसेको संसदको संयुक्त बैठकमा पेश नीति तथा कार्यक्रम पेश गरेका हुन् । राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्दै सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने जानकारी दिए । उनले भने,‘संविधानको समीक्षा गर्ने यसका सवल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनमा देखिएको कमी कमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने छ ।’
त्यस्तै उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण गर्ने र यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने पनि जानकारी गराए ।
उनले भने,‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण गर्ने र यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने ।’
नीति तथा कार्यक्रममा संविधानको समीक्षा गर्ने र कमजोरीलाईलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ।
यस्तै नीति तथा कार्यक्रमले ‘जेन जी’ पुस्तालाई प्राथमिकतामा राखेको छ । उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आय आर्जनका अवसरहरू वृद्धि गरिनेछ । सबै उद्यममा बिजनेस प्लान र त्यसको इको सिस्टम सुनिश्चित गरी जेन जी पुस्तालाई विशेष प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गरिनेछ ।