काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ ५५ रुपैयाँले बढेको छ । हिजो १९ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज १९६५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।