काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुममा लडेर घाइते भएका छन्। गएराति बाथरुममा लडेर उनको टाउकोमा चोट लागेको हो ।
उनलाई उपचारका लागि राति नै मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन्।उनको टाउको टाँका लगाउनुपरेको छ। अरु स्वास्थ्य अवस्था सामान्य छ।