काठमाडौं । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ ।
शुक्रबार दूतावासले एक सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपत्कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ ।
त्यस्तै आपत्कालीन अवस्था आएमा नयाँ दिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकत्तामा आवश्यक समन्वय र सहजीकरणको लागि सम्पर्क गर्न समेत सूचनामा आग्रह गरिएको छ ।
भारतमा रहेका नेपालीलाई अप्ठ्यारो परी आवश्यक सहयोग चाहिएमा नयाँदिल्लीस्थित दूतावासमा +९१–११२३४७६२०० नम्बरमा, हटलाइन नम्बर : +९१–८९२९६०१९२५ मा, कोलकक्तास्थित महावाणिज्य दूतावासमा टेलिफोन नम्बर : +९१–०३२४५६१२२४ र मोवाईल नम्बर : +९१–९७४८४६६९०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।