काठमाडौं । मंगलबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १४.८७ अंकले घटेर परिसूचक २६३४ बिन्दुमा पुगेर रोकियो ।
आज २ करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब ६३ करोड ४८ लाखको कारोबार भयो ।
कारोबारका आधारमा आज युनिभर्सल पावर कम्पनी लिमिटेड सबैभन्दा धेरै ६७ करोड २० लाखको कारोबार गर्यो
यसदिन क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ७.९३ प्रतिशतले घटेको छ ।
यस दिन जीवन बीमा सेक्टर सबैभन्दा धेरै ०.९५ प्रतिशत, विकास बैंक ०.८८, उत्पादन ०.३४ प्रतिशत बढ्यो । व्यापार सेक्टर सबैभन्दा धेरै २.४६ प्रतिशत घट्यो । बैंकिङ ०.३०, फाइनान्स १.९१, होटल तथा पर्यटन २.२१, हाइड्रोपावर १.१८, लगानी ०.७९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५९, अन्य ०.६० प्रतिशत घटे ।