काठमाडौं । आज पनि सेयर बजार नेप्से परिसूचक १३.८४ अंकले घटेर २,६२० को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८३ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । क्रेष्ट माइक्रो लाइफको ५१ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४८ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । पिपुल्स पावरका लगानीकर्ताले ८.६४ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.३० प्रतिशतका दरले कमाएका छन् । नेपाल पुनर्बीमाका लगानीकर्ताले ६.१६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।