काठमाडौं । लमजुङ बेसीशहर–१ उदिपुरको रिठेबगरस्थित सडकमा ट्याक्टर दुर्घटना भएको छ । उदिपुरबाट रिठेबगरतर्फ जाँदै गर्दा एक ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।
सोमबार बिहान उदिपुरबाट रिठेबगरतर्फ जाँदै गरेको प्रदेश ०२०३९००१ त.५४३० नम्बरको ट्याक्टर अन्दाजी ५० मिटर तल खस्दा ट्याक्टर चालक उदीपुर ढाडगाउँका वर्ष ३१ अहिर परियारको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको छ।