काठमाडौं । बुधबार तोलामा ५ हजार रुपैयाँ बढेको सुनको भाउ बिहीबार (आज) थप १ हजार ७ सय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (जेठ ८ गते बिहीबार) सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा उक्लिएको हो।
यसअघि बुधबार (जेठ ७ गते) सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो भने मंगलबार (जेठ ६ गते) ५ हजार रुपैयाँ कम १ लाख ८४ हजार ८ सय थियो। सोमबार पनि सुन मंगलबारकै भाउमा किनबेच भएको थियो। आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ थियो।
त्यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो।