काठमाडौं । सुनको मूल्य घटेको छ। नेपाल-सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन आइतबार ४ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको थियो। यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला २ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।