काठमाडौं । लमजुङ बेसिशहर नगरपालिका-६ खरखरे मालेबगरस्थित मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता युवकको शव फेला परेको छ। सप्तरीको शम्भुनाथ नगरपालिका १२ का २४ वर्षीय नन्दकिशोर चौधरीको शव साेमबार सशस्त्र प्रहरीको टोलीले फेला पारेकाे हाे ।
आश्रित गुल्म लमजुङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिपक पुरीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले नदीकोबीच भागमा शव फेला पारेको हो।
नदीको बहाव धेरै भएको हुनाले जिल्ला प्रशासन कार्यालय लमजुङ र जलविद्युत कम्पनीसँग आवश्यक समन्वय गरी शव बाहिर निकाल्ने प्रयास भइरहेको बताइएकाे छ ।