काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
अर्थमन्त्री पौडेलले चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड २० दशमल ८ प्रतिश र वित्तीय व्यवस्थापन तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात १९ दशमल १ प्रतिशतको बजेट सार्वजनिक गरेका हुन् ।
जुन चालु आवको भन्दा ५ प्रतिशत ६ बढी र संशोधित बजेटभन्दा १८ दशमलव २ बढी रहेको जनाएको छ। अघिल्लो आर्थिक बर्षमा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याइएको थियो ।