काठमाडौं । लमजुङबाट पोखरा जाँदै गरेको पोखरा दुईपिप्ले, भोर्लेटार रामबजार चल्ने ग १ ख ४१०१ नम्बरको यात्रुवाहक बस कास्कीको रुपा गाउँपालिका–१ पार्चेमा दुर्घटना भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन्।
कास्कीका प्रहरीका अनुसार, बसको ब्रेकमा समस्या आएपछि अनियन्त्रित भइ सडकमा पल्टिएको थियो। घाइते सम्पूर्ण यात्रुहरुलाई उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ।
दुर्घटनाग्रस्त बसका चालक लमजुङ, मध्येनेपाल –७, रामबजारका ३४ वर्षीय सन्तोष लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइतेहरुको विवरण:
राधिका घिमिरे (६२ वर्ष), मध्येनेपाल-७, रामबजार, लमजुङ – कम्मरमा चोट, अवस्था सामान्य।
मेनुकादेवी घिमिरे (८२ वर्ष), ऐ.ऐ. – दायाँ हात फ्याक्चर, दुवै खुट्टामा चोट, अवस्था गम्भीर।
शोमा थापा (५९ वर्ष), ऐ.ऐ. – दायाँ खुट्टा र दायाँ हातमा चोट, अवस्था मध्यम।
लक्ष्मी कुमारी गुरुङ (५४ वर्ष), ऐ.ऐ. – बायाँ हातमा चोट, ढाडमा भित्री चोट, अवस्था मध्यम।
सरस्वती के.सी. (४५ वर्ष), ऐ.ऐ. – दुवै खुट्टा र ढाडमा चोट, अवस्था मध्यम।
जमुना देवी घिमिरे (८३ वर्ष), ऐ.ऐ. – बायाँ खुट्टामा चोट, अवस्था मध्यम।
सरिता घिमिरे (४२ वर्ष), ऐ.ऐ. – टाउको र ढाडमा चोट, अवस्था मध्यम।
सावित्रा घिमिरे (५६ वर्ष), ऐ.ऐ. – टाउको र ढाडमा चोट, अवस्था मध्यम।
रिता घिमिरे (४२ वर्ष), ऐ.ऐ. – टाउको र दायाँ खुट्टामा चोट, अवस्था मध्यम।
पार्वती घिमिरे (४१ वर्ष), ऐ.ऐ. – टाउको र घाँटीमा चोट, अवस्था मध्यम।
सिजा थापा (४८ वर्ष), ऐ.ऐ. – ढाडमा, दायाँ हात र बायाँ खुट्टामा चोट, अवस्था मध्यम।
चन्द्र बहादुर के.सी. (७५ वर्ष), ऐ.ऐ. – ढाड र कम्मरमा भित्री चोट, अवस्था मध्यम।
नेत्र बहादुर के.सी. (७१ वर्ष), ऐ.ऐ. – छाती र बायाँ हातमा चोट, अवस्था मध्यम।
लिला के.सी. (३० वर्ष), ऐ.ऐ. – बायाँ कुममा चोट, अवस्था मध्यम।
शान्ती के.सी. (३७ वर्ष), ऐ.ऐ. – टाउको र बायाँ घुँडामा चोट, अवस्था सामान्य।
हरीकृष्ण घिमिरे (६३ वर्ष), ऐ.ऐ. – टाउको र घाँटीमा चोट, अवस्था मध्यम।
कमलादेवी घिमिरे (४८ वर्ष), ऐ.ऐ. – ढाडमा भित्री चोट, अवस्था मध्यम।
मैया कुँवर (५५ वर्ष), ऐ.ऐ. – ढाडमा भित्री चोट, अवस्था मध्यम।
तस्बिर: सुरज गुरुङ