काठमाडौं । नेपाल स्वास्थ्यकर्मी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा लमजुङका त्रिलोक चन्द्र गुरुङले उम्मेदवारीको घोषणा गरेका छन् । गुरुङ लमजुङ क्व्होलासोथार गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हुन् । उनी नेपाल स्वास्थ्यकर्मी महासंघ नेपालको अनुशासन आयोगका अध्यक्ष समेत हुन् ।
नेपाल स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं महाधिवेशन यहि जेठ १७ र १८ गते काठमाडौंमा हुँदैछ । स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार र अधिकार सुनिश्चिताका पक्षधर उनले आफ्नो नेतृत्वमा नेपाल स्वास्थ्यकर्मी महासंघ नेपालको समावेशी नेतृत्व अहिलेको आवश्यकता रहेको औंल्याएका छन् ।
उनले आफ्नो घोषणालाई सकरात्मक रुपमा लिएर आफूलाई सहयोग गर्न नेपाल स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ महाधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई अनुरोध गरेका छन् ।