काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गण्डकी प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई बढी जोड दिएर आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । धेरै कार्यक्रम दोहोरिएका छन् भने केही नयाँ कार्यक्रम समेत समेटिएका छन् ।
आगामी वर्षको नीति तथा कार्यक्रममा सुशासनलाई प्राथमिकता दिइएको छ । मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोशिप कार्यक्रम मार्फत प्रतिभाशाली युवाहरूलाई नीति निर्माण र कार्यान्वयनमा संलग्न गराउने सरकारले जनाएको छ । यस्तै, युवा र विद्यार्थीहरूलाई प्रविधिमा दक्ष बनाउन डिजिटल गण्डकी प्रदेश कार्यक्रमबाट अघि सारिएको छ ।