काठमाडौं । काठमाडौंस्थित तारागाउँ नेक्सट परिसरमा विश्व वातावरण दिवसको अवसर पारेर ‘एट द टिपिङ पोइन्टः आर्ट एन्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ नामक प्रदर्शनी सुरु भएको छ । कला र वातावरणीय चेतनाको संगमका रूपमा प्रस्तुत गरिएको यो प्रदर्शन सगरमाथा नेक्सटले गरेको हो ।
सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको प्रदर्शनीको ख्यातिप्राप्त भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाले संयोजन गरेकी हुन् । उनले विश्वव्यापी पारिस्थितिको आवश्यकतालाई मध्यनजर गर्दै प्रदर्शनी आयोजना गरिएको जानकारी दिइन् ।