काठमाडौं । आदिवासी जनजाति आयोगले काठमाडौं–तराई – मधेश फास्ट ट्र्याकको सुरु विन्दु खोकनाबाट डुकुछाप सार्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।
बुधबार सिंहदरबारमा आयोग अध्यक्ष रामबहादुर थापामगरले प्रतिवेदन बुझाउँदै खोकनाबाट विस्थापनको जोखिम र मानव अधिकार उल्लङ्घन हुने जनाएका छन् ।
खोकना क्षेत्रको धार्मिकसांस्कृतिक सम्पदाको संरक्षण र बागमती सफाइ योजनामा असर नपरोस् भन्ने हेतुले नयाँ प्रस्ताव गरिएको आयोगले जनाएको छ ।
आयोजना सञ्चालनअघि स्थानीय समुदायसँग पूर्व–सूचित सहमति लिनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।