काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी जनमतकी समानुपातिक सांसद हुन् ।
उनीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएको भन्दै जेठ १६ गते प्रहरीको आग्रहअनुसार पक्राउ पुर्जी जारी भएको थियो ।
अदालतको आदेशअनुसार सुमनको घरठेगानामा गई खानतलासी गरी पक्राउ गरी बुझाइदिन भन्दै पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई पत्राचार गरेको छ । यद्यपि पत्र आइनपुगेको बर्दिया प्रहरीले जनाएको छ ।