काठमाडौं । राजधानीमा बसोबास गर्ने महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘क्यापिटल क्विन नेपाल २०२५’ शनिबार ललितपुरस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न भएको छ।
प्रतियोगितामा जोरपाटी निवासी फेसन डिजाइनर करुणा भुजेल श्रेष्ठ विजेता घोषित भइन्। उनले विजेतासँगै ‘फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड २०२६’ का लागि लन्डनमा हुने कार्यक्रममा सहभागीता सुनिश्चित गर्ने इन्ट्री प्याकेज पनि प्राप्त गरिन्।
फस्ट रनरअप अनिता लामा तथा सेकेण्ड रनरअप सीता राई बने। हिमालय म्युजिकद्वारा आयोजित प्रतियोगिता यसपटक नवौं संस्करणमा प्रवेश गरेको हो।
तीन सातासम्म चलेको प्रतियोगितामा सहभागी प्रतियोगीहरूले व्यक्तित्व विकास, क्याटवाक, फोटोसुट, भिडियोसुट, स्टेज प्रस्तुति, बोलीचाली तालिम लगायतका सेसनहरूमा सहभागिता जनाएका थिए। प्रशिक्षण तथा ग्रुमिङको जिम्मेवारी चर्चित फेशन कोरियोग्राफर हिमानी सुब्बाले लिएकी थिइन्। सुब्बाले प्रतियोगितामा ओपनिङ पर्फमेन्ससमेत गरेकी थिइन्।
कार्यक्रममा परिचयात्मक चरण, बेस्ट ड्रेस र प्रश्नोत्तर चरण पार गरेपछि प्रतियोगीहरू अन्तिम क्राउनिङ चरणमा पुगेका थिए। फेसन डिजाइनर तथा सौन्दर्यकर्मीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रम आकर्षक र व्यवस्थित रूपमा सम्पन्न भएको थियो।
सबटाइटल अवार्ड विजेता:
बेस्ट ट्यालेन्ट: रन्जना सिंह
बेस्ट पर्सनालिटी: माया तामाङ
बेस्ट फोटोजेनिक / बेस्ट ड्रेस: करुणा भुजेल श्रेष्ठ
मोस्ट डाइनामिक: मन्दिरा श्रेष्ठ
मोस्ट स्मार्ट: अनिता लामा
मोस्ट डिलीजेन्ट: सीता राई
मोस्ट डिलाइटफुल: मिना श्रेष्ठ
मोस्ट डिसेन्ट: दिना राई
मोस्ट एक्टिभ: अन्जना राई
मोस्ट चार्मिङ: सन्चिता खत्री
मोस्ट प्यासोनेट: सजिना तामाङ
मोस्ट डेडिकेटेड: गीता राजवंशी
मोस्ट ग्रेसफुल / मोस्ट पपुलर: सिताश्री बस्नेत
पब्लिक च्वाइस भिडियो: सन्चिता खत्री
बेस्ट मल्टिमिडिया: रन्जना सिंह
निर्णायक मण्डल:
अभिनेत्री तथा मोडल सुष्मा अधिकारी
फेसन डिजाइनर सुक्निता चौलागाईं
मिस्टर ह्याण्डसम नेपाल २०१९ अभिषेक खड्का
क्यापिटल क्विन नेपाल २०१६ लिला राई
मिसेस डिभा नेपाल २०२५ संगीता अधिकारी
आयोजकका अनुसार कार्यक्रम महिलाको क्षमता उजागर गर्दै आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो।